२०८३ बैशाख ४ गते , शुक्रबार

पूर्वी नाकाबाट तस्करी : करिब १० लाख मुल्य बराबरको लत्ताकपडा बरामद

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
पूर्वी नाकाबाट तस्करी : करिब १० लाख मुल्य बराबरको लत्ताकपडा बरामद

झापा । पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको करिब १० लाख मुल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका– १ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

मेचीनगरको तिरीङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ७ पोका कपडा भ्यान चालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोड तर्फ लगिरहेका थिए ।  सोही बेला प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कपडा बरामद गरेको हो । 


बरामद गरिएको कपडाहरूमा साडी, थान कपडा, गन्जी, कुर्थी, कुर्ता लगायतको सामान रहेको थियो । सो पोकाहरूमा उषा, शर्मिला, शोभा नाम लेखिएको थियो । 

उनीले भित्राएको सो सामान मेचीनगरका श्याम भन्नेले सेटिङ मिलाएर भित्राउन लगाएका थिए । यता बरामद गरिएको लत्ताकपडालाई बुधवार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताए । 

 


सम्बन्धित समाचार