२०८३ बैशाख १० गते , विहीबार

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

sajilo news
पार्थ मण्डल
२०७८ माघ २७ गते , विहीबार
पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

झापा । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले देशमा आएको तेस्रो लहरका कारण माघ शुरुदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरि शुक्रबार मन्दिर खोलिने उल्लेख छ। कोरोना संक्रमण बढेपछि माघ ५ गते पशुपतिनाथ मन्दिर कोषले बन्द गरेको थियो। मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको थियो।

कोषले आज (बुधबार) एक सूचना जारी गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा नबढ्ने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खोल्न लागेको जनाएको हो। कोषले महाशिवरात्रिका लागि तयारी गरिरहेको छ।

सम्बन्धित समाचार