२०८३ बैशाख १० गते , विहीबार
पृथ्वीनगरमा मोबाइल बिग्रिएको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
झापा । भद्रपुरमा मोबाइल फोन बिग्रिएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ लाहुरे चोक निवासी ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । तामाङले आफ्नै घरमा ३४ बर्षीया श्रीमती अनिता लिम्बुलाई सोमबार बिहान हत्या गरेका हुन् । प्रहरीका अनुसार मोबाइल फोन बिग्रेको निहुँमा उनीहरू बिच झगडा भएको थियो ।
झगडाको क्रममा श्रीमानले श्रीमतीको घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी पाठकले जानकारी दिए । घटना भए लगतै सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर तामालाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।