२०८३ बैशाख ४ गते , शुक्रबार

मिटर ब्याजीको डरलाग्दो जालो, आपराधिक घटना समेत बढ्यो

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ३ गते , मंगलबार
मिटर ब्याजीको डरलाग्दो जालो, आपराधिक घटना समेत बढ्यो

झापा । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै  जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ । केही  समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु  यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार मिटर ब्याजको र माइलो पक्ष के हुन्छ भने मिटर ब्याजीहरू बेरोजगार हुन्छन् । तर ब्याज दिनेहरू व्यापारी÷व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ  ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार