२०८३ बैशाख १० गते , विहीबार

एक हजार दरका नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
एक हजार दरका नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन्। राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहटको गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमद शम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मद मुसरफ अली र सोही नगरपालिका–६ का असरफ अली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनीहरूलाई आज ९बिहीबार० काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिएको महाशाखाले जानकारी दिएको छ। यसैगरी काठमाडौं महानगरपालिका–१५ डल्लु पुलनजिक ४ थान ढलौटको मूर्तिसहित २ जनालाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का २ जना युवा मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन्।

सम्बन्धित समाचार