२०८३ बैशाख १० गते , विहीबार

बलात्कारको आरोपमा एक शिक्षक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
बलात्कारको आरोपमा एक शिक्षक पक्राउ
झापा । बलात्कारको आरोपमा मोरङमा एक शिक्षक पक्राउ परेका छन् । धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक ४० वर्षीय कालुराम खवास पक्राउ परेका हुन् । ४० वर्षीय खवासको घर धनपालथान ५ हो । 
विद्यालयमा पढाउँदै आएका शिक्षक खवासले धनपालथानकी २९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । आरोपित खवासले पुस १२ गते बलात्कार गरेको पीडितको दाबी छ ।

सम्बन्धित समाचार