२०८३ बैशाख १० गते , विहीबार

बच्चा जन्माएर फाल्ने एक महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
बच्चा जन्माएर फाल्ने एक महिला पक्राउ
झापा । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर- १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्म दिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगर- १४ स्थित रेलको बाटो छेउको खेतमा फालेको अवस्थामा छिमेकीले भेटाएका थिए ।
तत्काल उनीहरूले पत्ता लगाई प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी महिला सुस्तमनस्थिती रहेको र उनीविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सम्बन्धित समाचार