२०८३ बैशाख १० गते , विहीबार

कचनकवलबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
कचनकवलबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
झापा। नेपाल–भारत सीमाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे कचनकवल गाउँपालिका- ५ डाँगावारिमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ७९७४  को मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड- ३ सैनिक मोड बस्ने २८ वर्षीय सरोज भट्टराई र  मोटरसाइकलको पछाडि सवार बिर्तामोड- ९ बस्ने २० वर्षीय विशाल बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार