२०८३ बैशाख १० गते , विहीबार

दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि देवरले गरे घाँटी थिचेर भाउजूको हत्या

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि देवरले गरे घाँटी थिचेर भाउजूको हत्या
झापा । कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एकल महिलाको ज्यान लिएको अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम्भु लोनिया रहेका छन्। बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको ज्यान लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षीय शम्भु लोनियाले माघ १० गते राति भाउजूको ज्यान लिएका थिए । अत्यधिक मात्रामा मादक सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि श्रीमती माइती गएकी थिइन् । श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजू यशोधाको घरमा पुगेका थिए ।

देवर भाउजू बिच सहमतिमा सम्बन्ध भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको भण्डारीले बताए । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

सम्बन्धित समाचार