२०८३ बैशाख १० गते , विहीबार
मोरङमा चोरी गर्ने झापाका दुई युवक पक्राउ
पथरीशनिश्चरे । गत माघ १८ गते रातको समयमा विराट चोकस्थित एक किराना पसलमा चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका ९ बस्ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका ६ बस्ने २७ वर्षीय दिलीप लिम्बू रहेका छन् ।
उनीहरू दुवैले मोरङको सुन्दर हरैंचा नगरपालिका ९ विराट चोकस्थित सूर्य कट्टेलको किराना पसलमा चोरी गरेका थिए । कट्टेलको पसलबाट रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ४९ हजार ८ सय बराबरको रिचार्ज कार्ड र नगद २५ हजारसहित उनीहरूलाई पक्राउ गरेको थियो । दुवैमाथि मोरङको जिल्ला अदालतबाट चोरी कसुरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।