२०८३ बैशाख १० गते , विहीबार
धरान जङ्गलमा भेटिएको शव झापाका दीपक सिग्देलको भएको खुलासा
झापा । सुनसरीको धरान-भेडेटार सडक खण्डको जङ्गलमा भेटिएको शव झापाका दीपक सिग्देलको भएको खुलेको छ । उक्त शव दमक नगरपालिका-५ निवासी ४३ वर्षीय दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार अबेर शवको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् ।
सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए । गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ । उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि सार्वजनिक गरेको छैन। सिग्देलको हत्या भएको मिति खुलेको छैन।