२०८३ बैशाख १० गते , विहीबार

नक्कली नोटसहित तीन भारतीय नागरिक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १३ गते , शुक्रबार
नक्कली नोटसहित तीन भारतीय नागरिक पक्राउ

झापा । मोरङको विराटनगर महानगरपालिका- १३ बाट भारतीय नक्कली नोटसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहम्मद महसुम रहेका छन् ।

शुक्रबार बिहान साढे १० बजे विराटनगर- १३ नहर चोकमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा ट्याम्पोमा सवार रहेका उनीहरूको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । 

सम्बन्धित समाचार