२०८३ बैशाख १० गते , विहीबार

झापामा लागु औषधसहित तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
झापामा लागु औषधसहित तीन जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागूऔषध सहित २ जना र मेचीनगर–६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जिलिङका २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई–१ का २३ वर्षीय जोसेफ थापा रहेका छन् ।

मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा सुरक्षा चौकीका प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट २५० ग्राम ब्राउन सुगर र २०४ क्याप्सुल लागूऔषध बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार