२०८३ बैशाख १० गते , विहीबार

महाशिवरात्रिमा हेर्नुहोस् राशिफल, २०७८ साल फागुन १७ गते मङ्गलवार यस्तो रहनेछ तपाईँको दिन

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
महाशिवरात्रिमा हेर्नुहोस् राशिफल, २०७८ साल फागुन १७ गते मङ्गलवार यस्तो रहनेछ तपाईँको दिन

वि.सं. २०७८ फाल्गुन १७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रास्त : साँझ ०४:३२ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे. फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि १२:४१ बजेसम्म, त्यसपछि अमावस्या तिथि, धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०३:४५ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ०४:१२ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, परिघ योग, दिउँसो ११:०१ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो ०१:२९ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपछि १२:४१ बजेसम्म, अन्तिममा चतुष्पाद करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : कालो (दिउँसो ०४:१२ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : दक्षिण (दिउँसो ०४:१२ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (दिउँसो ०४:१२ बजे), वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व ०३:१५ देखि भोलि बिहान ०३:०६ सम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री महा शिवरात्री व्रत, चतुर्दश लिंगपूजा, श्री वैद्यनाथ जयन्ती, हलेसी महादेव, पशुपतिनाथ लगायत देशविदेशका शिवालयहरूमा मेला/विशेष पूजाआजा, शिलाचह्रे पूजा (नेवारी पर्व), लदी पूजा (माझी समुदाय) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन (अमावस्याका दिन मातापिता नहुनेले बेलुकाको छाक बार्ने चलन छ), द्वापरयुगादि, १९ गते : ग्याल्पो ल्होत्सार, २० गते : चन्द्रोदय (चन्द्रदर्शन), श्री रामकृष्ण परमहंस जयन्ती, मूहुर्त : अन्नप्राशन(पास्नी), डेरा सर्ने/बसाइँ सर्ने

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन आनन्ददायक रहनेछ। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुनेछ। अधिक मान्छेसँग सम्पर्क बनिरहनेछ। तपाईको क्षेत्र बाहिरको व्यक्तिसँग संचार अधिक रहनेछ। बौद्धिक कार्य गर्न रुची बढ्नेछ। सेवा कार्यको लागि शुभ दिन रहेको छ। शारीरिक स्वस्थता र मानसिक प्रफुल्लितता
बनिरहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैचारिक स्तरमा विशालता र बोलीको मधुरताले अन्य मान्छेलाई प्रभावित गर्नुहुनेछ। बैठक वा चर्चा-विचारणमा सफलता मिल्नेछ। परिश्रम अपेक्षित परिणाम मिल्दा त्यस क्षेत्रमा अगाडी बढ्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मन अनिर्णायक स्थितिमा रहनेछ। अधिक भावुकताले मनलाई अस्वस्थ राख्नेछ। आमा प्रति अधिक भावनात्मक रहनुहुनेछ। बौद्धिक चर्चाको प्रसंग उपस्थित हुनेछ। तर वाद-विवादलाई ताल्नुहोला। पारिवारिक र स्थावर सम्पत्तिको विषयमा चर्चा गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाईबाट लाभ मिल्नेछ। मित्रसँग भएको भेट र आफन्तको सहवासको आनन्द लिनुहुनेछ। कुनै सुन्दर स्थलको यात्रा हुनेछ। हरेक कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धीमा विजय प्राप्त हुनेछ। भाग्य वृद्दि हुने प्रसंग रहनेछ। सामाजिक वा आर्थिक रूपले सम्मान प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विभिन्न योजनाको विषयमा अधिक विचार द्विधामा ल्याएर खडा हुनेह्च। परिवारसँग राम्रो वातावरण प्राप्त हुनाले प्रसन्नता वृद्दि हुनेछ। टाढास्थित व्यक्ति वा संस्थासँग सम्बन्ध दृढता आउनेछ। अधिक खर्चबाट बच्नुहोला। निर्धारित कार्यमा अपेक्षाकृत कम सफलता प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन निकै राम्रो रहनेछ। शारीरिक एवम मानसिक रूपले स्वस्थ र प्रसन्न रहनुहुनेछ। मित्र र आफन्तसँग आनन्ददायी भेट हुनेछ। बसाई हुनेछ। दिन तपाईको लागि निकै लाभदायक रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

क्रोधमा ध्यान राख्नुहोला। परिवारसँग विवाद नहोस यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्य बिग्रिन सक्ला। अकस्मातबाट बच्नुहोला।अदालती कारमा ध्यान राख्नुहोला। मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। आध्यात्मिकता र ईश्वरभक्तिले मनलाई शान्ति प्रदान गर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन तपाईको लागी लाभदायी र शुभफल प्राप्त हुनेछ। सांसारिक सुख प्राप्त हुनेछ। विवाहोत्सुकको लागी विवाहको योग रहेको छ। व्यावसायिक क्षेत्रमा विशेष लाभ हुनेछ। उच्च पदाधिकारी तपाईको कार्यबाट प्रसन्न हुनेछ। मित्रसँग भेट हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन तपाईको लागि शुभ रहेको छ। आर्थिक मामलामा उचित योजना बनाउन सक्नुहुनेछ। हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। व्यपार-विषयक योजना बन्नुहुनेछ। उच्च पदाधिकारीबाट लाभ हुनेछ। पदोन्नतिको योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन मध्यम फलदायी रहको छ। बौद्धिक कार्य गर्नको लागि दिन शुभ रहेको छ। लेखन प्रवृत्ति वा साहित्यसँग सम्बन्धित कुनै पनि प्रवृत्ति हुनेछ। सरकारी कार्यमा परिस्थिति प्रतिकूल महसूस हुनेछ। शरीरमा हल्का थकान रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। अधिक विचारले सताउनेछ। परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ। क्रोध अधिक मात्रामा नहोस् यस कुराको ध्यान राख्नुहोला। कुन प्रकारको अनैतिक कृत्यबाट टाढा रहनुहोला। ध्यान र आध्यात्मिकताले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दिन मनोरंजन र आनन्दमा डुब्नुहुनेछ। कलाकार, लेखक आदि प्रतिभा प्रकट गर्ने अवसर मिल्नेछ। व्यवसायमा साथीसँग उत्तम समय रहनेछ। आफन्त,मित्रसँग आनन्द लिनुहुनेछ। दाम्पत्यजीवनमा निकटता र मधुरता आउनेछ।

सम्बन्धित समाचार