२०८३ बैशाख १० गते , विहीबार

आज महाशिवरात्रि : अर्जुनधारामा ‘एक साँझ शिवका माझ’ हुने

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १७ गते , मंगलबार
आज महाशिवरात्रि : अर्जुनधारामा  ‘एक साँझ शिवका माझ’ हुने

झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रि पर्वको अवसरमा ‘एक साँझ शिवका माझ’ भजन सन्ध्या कार्यक्रम हुने भएको छ । महाशिवरात्रि पर्वको सन्दर्भमा अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा आइतबारदेखि नै त्रिदिवसीय कार्यक्रम सुरु भएको थियो ।

महाशिवरात्रि पर्वको दिन आज मंगलबार चार प्रहरको पूजा, लक्षवर्तीका प्रज्वलन र कलाकारहरुको सहभागितामा ‘एक साँझ शिवका माझ’ भजन सन्धया कार्यक्रम हुने भएको हो । यसअघि धाम प्राङ्गणमा धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित त्रिदिवसीय कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन शोभा यात्रा, अग्रज धार्मिक व्यक्तित्व स्थानीय मोहन धितालबाट शिवधुनीको र खगेन्द्र शाहबाट गल्लाको उद्घाटन भएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए । त्यसैगरी कार्यक्रम अन्र्तगत पहिलो र दोस्रो दिन दिउँसो पण्डित कुवेर सुवेदीबाट शिव कथा प्रवचन र साँझ शिव आरतीसँगै सन्ध्याकालिन भजन गरिएको धामका कार्यालय सचिव विष्णु भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार