२०८३ बैशाख १० गते , विहीबार

शिवरात्रिका दिन भद्रपुरमा बालिका बलात्कृत, आराेपी रमेश पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १९ गते , विहीबार
शिवरात्रिका दिन भद्रपुरमा बालिका बलात्कृत, आराेपी रमेश पक्राउ

झापा । महाशिवरात्रिका दिन भद्रपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । 

बालिकालाई बलात्कार गरेकाे आराेपमा भद्रपुर- ४ करेला चाेक बस्ने अन्दाजी १९ वर्षीय रमेश लिम्बू पक्राउ परेकाे प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार महाशिवरात्रिका दिन साँझ लिम्बूले साेही ठाउँका बालिकालाई घर नजिकैको परालका लगेर जबर्जस्ती करणी गरेका थिए । आराेपि लिम्बू पेशाले चालक हुन । उनी विवाहित पनि रहेकाे प्रहरीले जनाएको छ । पीडित बालिकाको आमा छैन । बुबा अन्यत्र बस्दा बालिका आफन्तजनकाे घरमा बस्दै आएकी थिइन । यता बालिका बलात्कृत भएकाे आफन्तले थाहा पाएपछि प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी परेपछि उजुरी  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लिम्बूलाई बिहीबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

सम्बन्धित समाचार