२०८३ बैशाख ४ गते , शुक्रबार

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १५०, डिजेल र मट्टितेल १३३

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १९ गते , विहीबार
पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १५०, डिजेल र मट्टितेल १३३
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। 

निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७५ रुपैयाँ यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौँ घाटा हुने भन्दै निगमले विज्ञप्ति जारी गरेको एक साता पनि नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

सम्बन्धित समाचार