२०८३ बैशाख ४ गते , शुक्रबार
रुसी सेनाद्वारा युरोपकै सबैभन्दा ठुलो परमाणु केन्द्रमा आगलागी
एजेन्सी । युक्रेनमाथि रुसी सैन्य आक्रमण जारी छ। युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन्। आक्रमणका क्रममा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी गराइएको छ ।
‘रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ’ कुलेबाले ट्विटरमा लेखेका छन्। मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न भनेका छन्। तस्बिर : बीबीसी