२०८३ बैशाख ४ गते , शुक्रबार
रुसद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्धविराम घोषणा
मस्को । रूसले शनिवार युक्रेनका महत्त्वपूर्ण दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ। रूसले १० दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको थियो।
नेपाली समय ११ः४५ बजे मारियुपोल र भोल्नोभाखमा अस्थायी युद्धविराम शुरू भएको हो। समाचार एजेन्सी स्पुतनिकले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मारियुपोल र भोल्नोभाख शहरबाट मानिसहरूलाई बाहिर निकाल्नका लागि उक्त निर्णय गरेको बताएको छ। नागरिकको सुरक्षालाई ध्यानमा राखेर यस्तो गरिएको बताइएको हो।
यसबाट सारा विश्वले राहतको सास फेरेको छ। नागरिक आ(आफ्ना घर फर्किन सकुन् भनेर युद्धविराम लागू गरेको रूसले जनाएको छ।
मन्त्रालयका अनुसार करिडोरको उद्घाटनले ती दुई शहरका बासिन्दालाई रणनीतिक बन्दरगाह शहर मारियुपोल लगायतका क्षेत्रहरू खाली गर्न मद्दत गर्नेछ।