२०८३ बैशाख १० गते , विहीबार

वन पैदावार ओसारपसार मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २२ गते , आईतबार
वन पैदावार ओसारपसार मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
झापा । झापामा वन पैदावार ओसारपसार मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक अनारमनि गाविस- ४ हाल अर्जुनधारा नगरपालिका- ७ बस्ने २८ वर्षीय गजेन्द्र राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतले २०६७ साल फागुन १७ गते गरेको फैसला अनुसार वन पैदावार ओसारपसार मुद्दामा राईलाई एक वर्ष कैद सजाय र २९ हजार ६ सय जरिवाना तोकेको छ ।
अदालतले गरेको फैसलादेखि नै फरार रहेका उनलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तान लागि झापा कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार