२०८३ बैशाख १० गते , विहीबार

भद्रपुर र अर्जुनधाराबाट लागू औषधसहित ७ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २६ गते , विहीबार
भद्रपुर र अर्जुनधाराबाट लागू औषधसहित ७ जना पक्राउ
झापा । झापामा प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ परेका छन्  । उनीहरूलाई अर्जुनधारा र भद्रपुरबाट पक्राउ गरिएको हो ।
मङ्गलवार दिउँसो २ बजे अर्जुनधारा ११ स्थित पूर्व पश्चिम सडक खण्डमा अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश १–०१–००२ह १०१ न. को अटो ट्याम्पोलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा अटो चालकको सिटमुनि लुकाई छिपाइ ल्याउँदै गरेको प्रतिबन्धित लागू औषध लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल , डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेटसहित अटो,अटो चालक भद्रपुर १ बस्ने वर्ष २३ का सुमन मिश्र,अटोमा सवार सोही ठाउँका वर्ष २७ का युगल खत्री र वर्ष २४ का शङ्कर लिम्बुलाई पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

त्यस्तै मङ्गलवार भद्रपुर नगरपालिका- ५ नयाँ बजार र मेची पुलबाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बिओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागू औषधसहित बारा निजगढ नगरपालिका ९ बस्ने वर्ष २६ का प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका ३ बस्ने वर्ष २२ का सञ्जय बोहरालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट Nitrazepam tablet IP ४५० ट्याब्लेट,  Tramadol १६ क्याप्सुल बरामद भएको छ ।

त्यस्तै बिर्तामोड ९ गरामनि बस्ने धनसिंह राजवंशी र बिर्तामोड  ८ बस्ने रोशन शिवाको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले जनाएका छन् ।

सम्बन्धित समाचार