२०८३ बैशाख ४ गते , शुक्रबार

विहारमा विषाक्त मदिरा सेवनबाट कम्तीमा १७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७८ चैत्र ८ गते , मंगलबार
विहारमा विषाक्त मदिरा सेवनबाट कम्तीमा १७ जनाको मृत्यु

पटना । भारतको विहारमा विषाक्त मदिरा सेवनबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ । विहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हो । सरकारी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकामा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने मुर्लिगञ्जले अनधिकृत रूपमा उत्पादित मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।’

विहारको भागलपुर ६ र गोपालगञ्ज १० गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै फेरि विषाक्त मदिरा सेवनबाट निधन भएको घटना सार्वजनिक भएको हो । यहाँ सन् २०१६ देखि अनधिकृत रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 

सम्बन्धित समाचार