२०८३ बैशाख ४ गते , शुक्रबार

पश्चिम बंगाल : तृणमूल काँग्रेस नेताको हत्यापछि भड्कियो हिंसा, घरभित्रै १० जनालाई जिउँदो जलाइयो

sajilo news
एजेन्सी
२०७८ चैत्र ८ गते , मंगलबार
पश्चिम बंगाल : तृणमूल काँग्रेस नेताको हत्यापछि भड्कियो हिंसा, घरभित्रै १० जनालाई जिउँदो जलाइयो

कोलकाता । पश्चिम बंगाल बीरभुम जिल्लाको रामपुरहाट क्षेत्रमा सत्तारुढ तृणमूल काँग्रेस (टीएमसी) को कब्जा रहेको बरशल गाउँ पञ्चायतका उपप्रमुख भादु शेखको हत्यापछि त्यस क्षेत्रमा हिंसात्मक घटनाले उग्र रूप लिएको छ । नेताको हत्यापछि आक्रोशित टीएमसी कार्यकर्ताहरूले घटनामा संलग्न व्यक्तिहरूको घर घरमा गएर आगो लगाइदिएका छन् ।

घरहरूमा आगो लगाउँदा कम्तीमा १० जनाको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यो घटना गए रातिको हो । यस घटनापछि त्यस क्षेत्र हिंसा भड्किएको छ । हिंसा रोक्न रातीदेखि नै व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । यता मंगलबार पनि दिनभर सो क्षेत्र तनावग्रस्त बन्यो ।

आक्रोशित कार्यकर्ताहरूको भिड घरहरूको कोठा थुनेर आगो लगाएको बताइएको छ । एउटै घरबाट जलेर मृत्यु भएको ७ जनाको शव प्रहरीले निकालेको छ । मृतक शेख टीएमसीका नेता हुन । उनी सोमबार राती शेख राज्य राजमार्ग ५० मा हिडिरहेका थिए । सोही बेला उनीमाथि बम प्रहार गरिएको थियो । बम पकडिएर घाइते भएका शेखलाई रामपुरहाट मेडिकल कलेज लगिएको थियो । उनलाई अस्पतालका चिकित्सकहरू मृत घोषित गरिदिए । उनको मृत्युपछि सो घटना घटेको हो । 

सम्बन्धित समाचार