२०८३ बैशाख १४ गते , सोमबार

दमक पाथीभरा ज्वेलर्सको चाँदीको गरगहना लुटपाट गर्ने चार जना पक्राउ

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
दमक पाथीभरा ज्वेलर्सको चाँदीको गरगहना लुटपाट गर्ने चार जना पक्राउ

बेलवारी नगरपालिका- ४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर गहना लुटपाट भएको घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका- ३ का २५ वर्षीय सबिन विश्वकर्मा, बर्दिबास नगरपालिका- १ महोत्तरीका ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका- ६ उदयपुरका २४ वर्षीय विशाल विक र इटहरी- ५ का २४ वर्षीय बादल विक रहेका छन् । पक्राउ परेका समूहले गत चैत ८ गते बिहान पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट गरेको थियो ।

दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसँगै खोजतलासमा खटिएका इलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संलग्न उनीहरूलाई जनालाई चाँदीका गहना सहित पक्राउ गरेको हो  हो । घटनामा संलग्न एक जना अझै फरार रहेको र उनको समेत खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार