२०८३ बैशाख ४ गते , शुक्रबार

बजेटको आकारसँगै आयात पनि बढ्ने

sajilo news
पत्रपत्रिका
२०७८ चैत्र १८ गते , शुक्रबार
बजेटको आकारसँगै आयात पनि बढ्ने

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ। हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छर बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ।

राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ।

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आवको बजेटका लागि १७ खर्व ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ। बजेटको स्रोत पूरा गर्न सरकारलाई आयातमा नै भर पर्नुपर्ने देखिन्छ किनकि १७ खर्ब ४४ अर्ब बराबरको बजेटमा प्रमुख स्रोतका रुपमा १३ खर्ब ५९ अर्व राजस्व छ।

राजस्व लक्ष्यको आधा आयातबाट आउने राजस्व भएका कारण सरकारलाई करिब पौने ८ खर्च आयातबाट प्राप्त हुने राजस्वको भर पर्नुपर्छ। यसका कारण सरकारले नै आयातलाई प्राथमिकता नदिए सरकारको राजस्व लक्ष्य प्राप्त हुँदैन। यो समाचार कारोबार दैनिकमा छ

सम्बन्धित समाचार