कोचिला राष्ट्रिय मुक्ति मोर्चा भद्रपुर नगर कमिटी गठन
नेकपा माओवादी केन्द्र निकट कोचिला राष्ट्रिय मुक्तिमोर्चा भद्रपुर नगर कमिटी गठन भएको छ । माओवादी केन्द्र भद्रपुर नगर समितिको आयोजनामा भएको कोच समुदायको भेलाबाट सुधीर राजवंशीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको हो ।
झापा क्षेत्र नम्बर ३ इन्चार्ज डिल्ली घिमिरे (हिक्मत) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झाँकी, नृत्य प्रदर्शन गरिएको थियो । कोच जातिको संस्कार, संस्कृति, पहिचान, विकासको कुरा माओवादी केन्द्रले नै उठान गरेको र पछाडि परेको हाम्रो वर्गलाई राष्ट्रको मूलधारमा ल्याउन प्रचण्डकै नेतृत्वले गरेको कारण आगामी चुनावमा कोचलाई माया गर्ने पार्टीलाई सबै कोच जाति एक हुने नयाँ समितिले प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा मेदनि सिवाकोटी, एनपी वनेम, पुकार राजवंशी, शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राखेको थियो । पार्टी नगर सचिव हंसधर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धिरेन राजवंशी र स्वागत भारत राजवंशीले गरेका थिए ।