२०८३ बैशाख १४ गते , सोमबार

करिब ४ लाखको ब्राउन सुगरसहित एक कारोबारी मेची पुलबाट पक्राउ

sajilo news
झापा
२०७८ चैत्र २४ गते , विहीबार
करिब ४ लाखको ब्राउन सुगरसहित एक कारोबारी मेची पुलबाट पक्राउ

करिब ४ लाख मुल्य बराबरको प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा- ९ बस्न २५ वर्षीय राजीव रायमाझी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका रायमाझीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ८० ग्राम ब्राउन सुगर र नगद ५ हजार बरामद भएको थियो । एक ग्राम ब्राउन सुगरको नेपाली बजार मुल्य कम्तीमा ५ हजार पर्छ । ८० ग्रामको करिब ४ लाख रुपैयाँ पर्न जान्छ । यता पक्राउ परेको उनलाई  इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार