फ्रि फायर गेममार्फत नाबालिकासँग चिनजान, विवाहको प्रलोभन देखाएर बलात्कार
फ्रि फायर गेममार्फत चिनजान गरी नाबालिका बलात्कार गर्ने एक युवक मातातीर्थबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका- ८ मातातीर्थ बस्ने २७ वर्षका महेश उदासलाई पक्राउ गरेको हो।
बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यलय पाल्पामा आफ्नी १३ वर्षकी नाबालिका छोरी हराएको भन्दै खोजी गर्नका लागि निवेदन दिएका थिए। खोजीको क्रममा सोमबार काठमाडौंको चन्द्रागिरी नगरपालिका- ८ स्थित मातातीर्थमा भेटिएकी बालिकाले उदाससँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको बताएकी प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालिका र आरोपितबीच फेसबुक, म्यासेञ्जर भिडियो कल, म्यासेज तथा मोबाइलमा समेत कुराकानी भएको खुलेको छ। नाबालिकालाई विवाहको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट काठमाडौं ल्याई चैत ३० गते बसुन्धरामा राखि बलात्कार गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ।थाहाखबरबाट