२०८३ बैशाख ३० गते , बुधबार
एमाले छाडेका ओली राप्रपाबाट कनकाई नगरपालिका मेयरका उम्मेदवार
राप्रपाबाट कनकाई नगरपालिकाको मेयरमा श्याम सुन्दर ओली उम्मेदवार बन्ने भएका छन् । नेकपा एमाले परित्याग गरेर आएका ओलीलाई राप्रपाले कनकाई मेयरको उम्मेदवा बनाउने लागेको हो ।
आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका बाबु हुन् ।