भद्रपुरको मेयर र उपमेयरसहित वडा अध्यक्षमा क–कसले दिए उम्मेदवारी ?
भद्रपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनबाट काँग्रेसका तर्फबाट मेयरमा गणेश पोखरेल र माओवादीका तर्फबाट उपमेयरमा शिवकुमार राजभण्डारीले मनोनयन दर्ता गराएका हुन् । वडातर्फ काँग्रेसले २ नम्बरमा रामबहादुर कँडेल, ३ नम्बरमा शमशेर तामाङ, ५ नम्बरमा बन्धु कार्की, ६ नम्बर रतिया राजवंशी, ८ नम्बरमा गौरव सुब्बा (मनोज), र १० नम्बर वडा अध्यक्षमा विष्णुप्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् ।
त्यस्तै वडामा माओवादीतर्फ १ नम्बर वडा अध्यक्षमा मेदनीप्रसाद सिवाकोटी, ४ नम्बरमा हशंधर राजवंशी, ७ नम्बरमा पुष्पलाल राजवंशीले उम्मेदवारी दिएका छन् । ् एकीकृत समाजवादीबाट ९ नम्बर जगण रसाइली उम्मेदवारी दिएका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा नवराज पनेरु (राजु) र उपमेयरमा राधा कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै वडा नम्बर १ मा दलबहादुर लिम्बू (शङ्कर) २ नम्बरमा रामबहादुर राई, ३ नम्बरमा हेमबहादुर कार्की, ४ नम्बरमा दिनानाथ (शङ्कर) रिजाल, ५ नम्बरमा देवकुमार घिमिरे, ६ नम्बर ढकबहादुर विष्ट (जीवन), ७ नम्बरमा अभिषेक ढुङ्गाना, ८ नम्बरमा गणेशप्रसाद लिम्बू, ९ नम्बरमा ज्ञानबहादुर राई (सविन) र १० नम्बर खेमराज भट्टराईले वडा अध्यक्षमा उम्मेदवार दिएका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट मेयरमा समरकुमार राई र उपमेयरमा नूतन झाले उम्मेदवारी दिएका छन् । जसपाबाटै ५ नम्बर वडा अध्यक्ष विकासकुमार गुप्ता, ६ नम्बर वडा अध्यक्ष शत्रुधन चौधरी, ८ नम्बर वडा अध्यक्ष डुप्पा राई, १० नम्बर वडा अध्यक्षमा निरन राईले उम्मेदवारी दिएका छन् । त्यसैगरि राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बुले मेयरमा उम्मेदवारी दिएका छन् । जनमुक्ति पार्टीबाटै ४ नम्बर वडा अध्यक्षमा लक्ष्मण लिम्बु (योङ्गहाङ्ग), ५ नम्बर वडा अध्यक्ष बुच्चा राजवंशी, ६ नम्बर वडा अध्यक्ष महेशलाल सिंह, ७ नम्बर वडा अध्यक्षमा वैशागु राजवंशी, १० नम्बर वडा अध्यक्षमा घाक्रु राजवंशीले उम्मेदवारी दिएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कर्मकारले मेयर पदमा उम्मेदवारी दिएका छन् । भने स्वतन्त्रबाट १० नम्बर वडा अध्यक्षमा अर्जुनकुमार थापा, ७ नम्बर वडा अध्यक्ष संञ्जिव न्यौपाने, ५ नम्बर वडा अध्यक्षमा डम्बरप्रसाद बर्मा, १ नम्बर वडा अध्यक्षमा कपिलमणि खरेल र ६ नम्बर वडा अध्यक्षमा राजेश गुप्ताले उम्मेदवारी दिएका छन् ।
उता नेकपा एमालेबाट मेयरमा असारु राजवंशी र उपमेयरमा कौशिला अधिकारीसहित ५२ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेबाट १ नम्बर वडा अध्यक्षमा राम अधिकारी, २ नम्बर वडा अध्यक्ष भीमबहादुर केरुङ, ३ नम्बर वडा अध्यक्षमा कमला थुलुङ, ४ नम्बर वडा अध्यक्षमा पूर्णबहादुर खजुम, ५ नम्बर वडा अध्यक्षमा रेवतिरमण खनाल, ६ नम्बर वडा अध्यक्ष सहतलाल राजवंशी, ७ नम्बर वडा अध्यक्षमा पोषराज पौडेल, ८ नम्बर वडा अध्यक्ष जगदीश जोशी, ९ नम्बर वडा अध्यक्षमा राम दाहाल र १० नम्बर वडा अध्यक्षमा टेकबहादुर खडकाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीले भद्रपुरको मेयरमा इन्द्रकुमार सुहाङ र उपमेयरमा यामकुमारी लिम्बूसहित ५ वटा वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा गोपाल तामाङ, २ को वडा अध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडा अध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडा अध्यक्षमा सुवास लिम्बू र ७ को वडा अध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मौलिक जरोकिलो पाटीबाट मेयरमा चूडामणि अधिकारी र उपमेयरमा कृष्णदेवी चुडालले उम्मेदवारी दिएका छन् । सोही दलबाट भद्रपुर १ को वडा अध्यक्ष देवीप्रसाद ओलीसहित सबै पदमा उम्मेदवारी दिएका छन् । यो समाचार तयार पारुन्जेलसम्म निर्वाचन कार्यालय झापाबाट पूर्ण उम्मेदवारहरूको नामावली आउन चाहिँ बाँकी छ ।