२०८३ बैशाख १४ गते , सोमबार

नागरिकता र डाका मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

sajilo news
झापा
२०७९ बैशाख २२ गते , विहीबार
नागरिकता र डाका मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

अभियोग पुष्टि भई फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड ५ का ४१ वर्षीय सुशान्त चौधरी भन्ने सुशान्त कर्मकार र बुद्धशान्ति ७ का ३३ वर्षीय अन्जु तामाङ भन्ने अजय तामाङ रहेका छन् ।

झापा जिल्ला अदालतको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनरावेदन इलामबाट भएको फैसला सर्वोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा विवरण पेस गरी नागरिकता लिन खोजेको मुद्दामा कर्मकार फरार रहेका थिए । अदालतले उनलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार पक्राउ गरेको हो ।

त्यस्तै झापा जिल्ला अदालतको २०६८ माघ १५ गतेको फैसला बमोजिम डाका मुद्दामा फरार रहेका तामाङ बुधवार पक्राउ परेका छन् । उनलाई ६ वर्ष कैद र ३ हजार जरिवाना तोकिएको थियो ।

सम्बन्धित समाचार