२०८३ बैशाख ३० गते , बुधबार

झापामा मतदाताको गुनासो– 'चुनावका बेला लोलोपोतो गर्छन्, जितेपछि फर्केर हेर्दैनन्'

sajilo news
झापा
२०७९ बैशाख २२ गते , विहीबार
झापामा मतदाताको गुनासो– 'चुनावका बेला लोलोपोतो गर्छन्, जितेपछि फर्केर हेर्दैनन्'

अहिले देशभर स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । मतदातका घर–घरमा पुगेर उमेदवारले हात जोडेर मत मागिरहेका छन् । उनीहरू विभिन्न आश्वासन दिएर आफ्नो मत दिन मतदातासमक्ष आग्रह गरिरहेका छन् । मतदातासँग अहिले नरम र निकै भलाद्मी ढंगले प्रस्तुत हुने उमेदवारका धेरै प्रतिबद्धताप्रति मतदाताले उतिसाह्रो विश्वास भने गरेका छैनन् ।

झापाको मेचीनगर नगरपालिका क्षेत्रमा कुराकानी गर्ने क्रममा धेरै मतदाताले प्रतिबद्धताअनुसार काम गर्न र जितेर गएपछि आफूहरूलाई नभुल्न अनि सहयोग गर्न आग्रह गरेका छन् । तर, झापाली मतदाताले चुनावका बेला लोलोपोतो गर्ने तर जितेर गएपछि फर्केर नहेर्ने बानी सुधार्न उमेदवारलाई चेतावनी दिएका छन् ।

“हाम्रो जग्गा जमिन छैन अब भन्नुहोस् तपाईं हाम्रा लागि के गर्नुहुन्छ रु,” मैना राजवंशीले मत माग्न आएका मेयर पदका उमेदवारलाई हाकाहाकी प्रश्न गरिन् । भोट माग्न आएका उमेदवार एकछिन् त अक्मकिए । “पहिले आउनेले पनि यो गर्छु त्यो गर्छु धेरै भने, जितेर गए तर फेरि फर्केर आएनन्,” राजवंशीले विगतबारे पनि सम्झाइन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर(१३ को दक्षिणमा पर्ने दुआगढीमा पुगेका एमालेबाट मेयरका उमेदवार गोपालचन्द्र बुढाथोकीले राजवंशीलाई आफूले धोका नदिने विश्वास दिलाउन कोसिस गरे । उनले आफूले जितेर गए पनि जनताको घर–घरबाट उठाएका मागको सम्बोधन गर्ने आश्वास दिए । भने, “म जितेर गए पछि हराउँदिन अवश्य फर्किएर आउनेछु ।”  

मेचीनगरको उत्तरी भेग कालिझोडमाा गठबन्धनको चुनावी सभा चलिरहेको थियो । वर्तमान मेयर विमल आचार्यले त्यहाँ अर्जुनधारा र मेचीनगरबीचको सीमा विवादबारे भाषण गरे । त्यसलाई अब जसरी पनि मिलाउनुपर्छ भने । तर, स्थानीयहरू भने यो विवाद चुनावी मुद्दा मात्र बन्ने गरेको बताइरहेका थिए । 

पहिलोपटक मतदान गर्न लागेकी बिसिका अधिकारीले भनिन्, “चुनावका बेला नेताहरू उमेदवार बनेर आउँछन् । यो गर्छु त्यो गर्छु भनेर मिठो आशा देखाउँछन् तर फेरि फर्किएर आउँदैनन् ।” अधिकारीले जनतामाझ गरेका प्रतिबद्धता पूरा नगर्ने हो भने नेतालाई गाउँ पस्ने कुनै हक नभएको सुनाइन् । 

कालीझोडाकै टिकामाया श्रेष्ठ नेता र उमेदवारको भनाइमा आफूलाई खासै विश्वास नलाग्ने बताउँछिन् । यसैगरी, झापा दुआगढीकी शान्ता दाहालले हरेक चुनावमा आफूहरूले भोट हाल्ने गरेको उमेदवार पनि जितेर जाने गरेको तर उनीहरूले काम नगर्ने गरेको गुनासो गरिन् ।

कालीझोडाको आधा भाग अर्जुनधारा र आधा भाग मेचीनगर नगरपालिकातर्फ पर्छ । आधा मानिस सेवा लिन मेचीनगरतिर र आधा अर्जुनधारातिर जानुपर्ने बाध्यता छ ।

नेपाली कांग्रेसबाट मेयरका उमेदवार इन्द्र बुढाथोकीले जनचाहनाअुरूप सिमाना विवाद मिलाउन आफूले दुवै पालिकाबीच छलफल चलाउने बताउँदै भने,“हामी जनताकै लागि काम गर्ने हो यो सिमानाको विवाद पनि दुबै पालिकासँग छलफल गरेर मिलाउनेछौँ । १२खरी

सम्बन्धित समाचार