२०८३ बैशाख ३० गते , बुधबार

 काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे मतदान

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३० गते , शुक्रबार
 काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे मतदान

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । नेता सिटौलाले भद्रपुर नगरपालिका १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट दिउँसो ३ बजेर १५ मिनेटमा मतदान गरेका हुन् । सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन् । सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र पनि हो । 

मतदानपछि प्रतिक्रिया दिँदै नेता सिटौलाले भने, ‘जहाँ जहाँ गठबन्धन बनेको त्यहाँ त्यहाँ सफल हुन्छौ ।’ समयमै स्थानीय तहको निर्वाचन भएको छ । ‘यसले संवैधानिक व्यवस्था र लोकतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,’ उनले भने । यो दोस्रो स्थानीय तह निर्वाचन भएको बताउँदै उनले भने, ‘जसले जिते पनि सबैलाई मिलाएर कार्य गर्नु सक्नुपर्छ ।’ 

 

सम्बन्धित समाचार