२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुर- २ मा एमालेले मतान्तर घटाउँदै, मेयरमा गठबन्धनका पोखरेल नै अगाडी

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३१ गते , शनिबार
भद्रपुर- २ मा एमालेले मतान्तर घटाउँदै, मेयरमा गठबन्धनका पोखरेल नै अगाडी

भद्रपुर वडा नम्बर २ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर नगरपालिकामा ३५९४ मतगणना गर्दा मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल ११४१ ले मत ल्याएका छन् । एमालेका असारु राजवंशी १०३९ र राप्रपाका नवराज पनेरु ९३७ मत ल्याएका छन् ।

वडा १ नम्बरको अन्तिम गणनासम्म गठबन्धनका पोखरेल १४० मतले अगाडी  थिए । वडा २ नम्बरको गणना गर्दा एमालेका राजवंशीले मतान्तर घटाउँदै १०२ मतले पछाडी छ ।  त्यस्तै उपमेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी १०७८ ले मत ल्याएका छन् । एमालेकी कौशिल्या अधिकारी ९९० र

राप्रपाकी राधा कार्की ९३३ मत ल्याएकी छिन् ।  २ नम्बर वडा अध्यक्षमा एमाले २५२ मत ल्याउँदै अगाडी रहेका छन् । २ नम्बरमा ७०० मत गणना भएको छ । 

 

सम्बन्धित समाचार