२०८३ बैशाख ३० गते , बुधबार

झापा गाउँपालिका- १ मा वडा अध्यक्षसहित काँग्रेसको प्यानल नै निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
झापा गाउँपालिका- १ मा वडा अध्यक्षसहित काँग्रेसको प्यानल नै निर्वाचित

झापा गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षसहित नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।  नेकपा एमालेका माधव पोखरेललाई १८४ मतान्तरले पराजित गर्दै काँग्रेसका राजकुमार यादव निर्वाचित भएका हुन् ।

यादव दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बनेका हुन् । यादवले ८१७ र पोखरेलले ६३३ मत ल्याएका छन् । त्यस्तै काँग्रेसबाट खुल्ला सदस्यमा रुपलाल गणेश ७६३, राम लिम्बू ८९२, महिला सदस्यमा अस्मेरु खातुन ८४६ र दलित महिला सदस्यमा हरिमाया विक ६६८ मत ल्याएर निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार