२०८३ बैशाख ३० गते , बुधबार
हल्दिबारीमा अध्यक्ष र उपाध्यक्षसहित राप्रपाका प्यानल नै अगाडी
झापा । हल्दिबारीमा राप्रपाको अध्यक्ष र उपाध्यक्षसहित प्यानल नै अगाडी रहेको छ । गाउँपालिकामा ३६३७ मत गणनाको परिणाम अनुसार
अध्यक्ष पदमा राप्रपाका रवीन्द्र प्रसाद लिङदेनले एमालेका डम्बर बहादुर गिरी भन्दा ७४७ मतान्तरले अग्रता लिएका छन् । लिङदेनले १८६५ र गिरीले १११८ मत ल्याएका छन् । त्यस्तै अध्यक्षमा काँग्रेसका तुलसी प्रसाद ओली ३२७ र माओवादीका भवानी प्रसाद दंगाल १०६ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मी देवी मैनाली अगाडी देखिएका छन् । मैनाली १५३८ मत ल्याउँदै एमालेका शान्ता देवी गौतम ११०९, माओवादीका टिका देवी राउत १४५ र स्वतन्त्र लखन हेमरम ६१५ मत ल्याएका छन् । १ नम्बर वडा अध्यक्षमा राप्रपा १५३१ मत ल्याउँदै अगाडी देखिएका छन् ।