२०८३ बैशाख ३० गते , बुधबार

कनकाई नगरपालिका- ८ को वडा अध्यक्ष काँग्रेसका कटुवाल निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
कनकाई नगरपालिका- ८ को वडा अध्यक्ष काँग्रेसका कटुवाल निर्वाचित

झापा । कनकाई नगरपालिकामा वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । कनकाई ८ को अन्तिम मत गणनाको परिमाण अनुसार नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर कटुवाललाई ५२ मतान्तरले पछि पार्दै काँग्रेसका कटुवाल निर्वाचित भएका हुन् । 
लीलाबहादुरले ९१८ मत र प्रेमबहादुरले ८६६ मत ल्याएका हुन् । त्यसैगरी महिला वडा सदस्यमा काँग्रेसकी रिता उप्रेती १०२३ मत ल्याएर निर्वाचित भएकी छन । दलित महिला सदस्यमा एमालेकी कविता विक ९२४ मत ल्याएर निर्वाचित भएकी छिन् । खुल्ला सदस्यमा एमालेकै बलभद्र ढुङ्गेल र भक्त बहादुर विष्ट निर्वाचित भएका छन् । ढुङ्गेलले ९३५ र विष्टले ९१४ मत ल्याएका हुन् । वडामा जम्मा २३९५ मत खसेको थियो । 

सम्बन्धित समाचार