२०८३ बैशाख ३० गते , बुधबार

वडा अध्यक्ष जित्दै कचनकवल गाउँपालिकामा एमालेले खाता खोल्यो

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
वडा अध्यक्ष जित्दै कचनकवल गाउँपालिकामा एमालेले खाता खोल्यो

झापा । कचनकवल गाउँपालिकामा नेकपा ९एमाले०ले खाता खोलेको छ  । एमालेबाट गाउँपालिकामा २ नम्बर वडा अध्यक्षका उम्मेदवार बनेका लेखनाथ खत्री निर्वाचित भएका छन् । खत्रीले राप्रपाका उम्मेदवार हरिनारायण चौहानलाई ९५ मतान्तरले पराजित गर्दै वडा अध्यक्ष जितेका हुन् । खत्रीले ७८० र चौहानले ६८५ मत ल्याएका हुन । काँग्रेसका सुरजकुमार भट्टराईले ६३१ मत ल्याए ।
त्यस्तै वडा सदस्यतर्फ एमालेका गणेश भण्डारी र मनमाया चौहान निर्वाचित भएका छन् । वडा सदस्यतर्फ काँग्रेसका धन बहादुर गुरुङ र दलित सदस्यतर्फ राप्रपाका अमृता बोगटी गन्धर्व निर्वाचित भएका छन् । 


 

सम्बन्धित समाचार