२०८३ बैशाख ३० गते , बुधबार

झापामा राप्रपाले हल्दिबारीबाट खाता खोल्यो

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
झापामा राप्रपाले हल्दिबारीबाट खाता खोल्यो

झापा । राप्रपाले हल्दिबारी गाउँपालिकाबाट झापामा खाता खोलेको छ  । हल्दिबारी १ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेका छन् । निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन् ।

थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा सिवाकोटी र रुपादेवी रसाइली निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

सम्बन्धित समाचार