२०८३ बैशाख ३० गते , बुधबार

बाह्रदशी गाउँपालिका- ३ को वडा अध्यक्षमा काँग्रेसका साह विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
बाह्रदशी गाउँपालिका- ३ को वडा अध्यक्षमा काँग्रेसका साह विजयी

बाह्रदशी गाउँपालिका वडा नम्बर- ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका टंकप्रसाद साह निर्वाचित भएका छन् । राप्रपाका मदनकुमार राजवंशीलाई १८३ मतले हराउँदै साह वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

साहले ९८७ र राजवंशीले ८०४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका वीरेन्द्रप्रसाद राजवंशीले ४७९ मत ल्याए ।  त्यस्तै खुल्ला सदस्यमा एमालेका हेमलाल दाहाल १०६८ , काँग्रेसका पुनेप्रसाद ढुङ्गेल ९१९ , महिला सदस्यमा काँग्रेसकी लक्ष्मीकुमारी निरौला अधिकारी १०७५ र दलित महिला सदस्यमा काँग्रेसकी सपना विश्वकर्मा ९१९ मत ल्याएर विजयी भएका छन् ।

सम्बन्धित समाचार