२०८३ बैशाख १४ गते , सोमबार

नातिले गरे हजुरआमाको हत्या

sajilo news
झापा
२०७९ जेष्ठ १२ गते , विहीबार
नातिले गरे हजुरआमाको हत्या

उदयपुरको कटारी नगरपालिका-७ रिस्कूमा बिहीबार बिहान नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेका छन्  । स्थानीय २७ वर्षीय रोहित दनुवारले आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेका हुन् । घरजग्गा दर्ता गर्ने विषयमा कुरा नमिलेपछि रोहितले हजुरआमा मनमायाको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । हजुरआमाको हत्या गर्ने रोहत भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए । काठमाडौँमा मःम पसल सञ्चालन गरेर बस्दै आएका रोहित केही दिन पहिले रिस्कु आएका थिए ।

हत्या गरिएकी मनमाया एकल महिला हुन् । उनी एक्लै बस्दै आएकी थिइन् । रोहितले घरजग्गा आफ्नो नाममा दर्ता गरिदिने दबाब दिँदै आएको कटारी नगरपालिका- ७ नवनिर्वाचित वडाध्यक्ष सुविन ढुंगानाले बताए । घर जग्गा दर्ता गर्न अस्वीकार गरेकै कारण उनको हत्या गरेको वडाध्यक्षले शंका गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली पुगिसकेको र फरार रोहितको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार