२०८३ बैशाख ४ गते , शुक्रबार

हिरा खानीमा पुरिँदा कम्तीमा ४० श्रमिकको मृत्यु

sajilo news
एजेन्सी
२०७९ जेष्ठ २६ गते , विहीबार
हिरा खानीमा पुरिँदा कम्तीमा ४० श्रमिकको मृत्यु

कङ्गोको मध्य क्षेत्रमा हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । मङ्गलबार गएको पहिरोमा पुरिएर ४० भन्दा बढीको मृत्यु भएको कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले बिहीबार सञ्चार माध्यमलाई जानकारी दिए ।

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

सम्बन्धित समाचार