२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

sajilo news
एजेन्सी
२०७९ जेष्ठ २६ गते , विहीबार
भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

भारतको झारखण्ड राज्यको गुमलामा नाबालिकलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । नाबालिकलार्ई सामूहिक बलात्कार गरेको घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् ।

जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्। मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो ।

सम्बन्धित समाचार