२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा ‘अग्निपथ’ को विरोधमा हिंसात्मक प्रदर्शन, विहारमा ९ वटा रेलमा आगजनी

sajilo news
एजेन्सी
२०७९ असार ३ गते , शुक्रबार
भारतमा ‘अग्निपथ’ को विरोधमा हिंसात्मक प्रदर्शन, विहारमा ९ वटा रेलमा आगजनी

‘अग्निपथ’ योजनाको विरोधमा भारतका विभिन्न राज्यमा शुक्रबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।  सरकारले सेनामा भर्नाका लागि ल्याएको ‘अग्निपथ’ योजनाको विरोधमा शुक्रबार तेस्रो दिन युवाहरूले युपि, विहार, मध्य प्रदेश, राजस्थान, हरियाना र उत्तराखण्डमा हिंसात्मक प्रदर्शन गरेका हुन् ।

बिहारमा प्रदर्शनकारीहरू ९ वटा रेलमा आगजनी गरेको खबर छ । रेलमा लगाइएको आगजनीले बिहारको लखीसरायमा एक जना यात्रुको मृत्यु भएको छ, कयौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।  हिंसात्मक प्रदर्शनका कारण पश्चिम बङ्गालबाट विहारतर्फ जाने अधिकांश रेल सेवा रद्द गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार