२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको असाम र मेघालयमा बाढी, कम्तिमा ३१ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ असार ४ गते , शनिबार
भारतको असाम र मेघालयमा बाढी, कम्तिमा ३१ जनाको मृत्यु

असाम । भारतको असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् ।

असाममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ ।

बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । 

सम्बन्धित समाचार