२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको आसममा बाढीबाट ४७ लाखभन्दा बढी मानिस विस्थापित 

sajilo news
एजेन्सी
२०७९ असार ७ गते , मंगलबार
भारतको आसममा बाढीबाट ४७ लाखभन्दा बढी मानिस विस्थापित 

झापा । मनसुन सुरु भएयता पूर्वी भारतको आसममा बाढीबाट ४७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।  बाढीबाट आसामका ३५ जिल्लामध्ये ३३ जिल्ला प्रभावित भएको र कम्तीमा ८१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। आसामको छिमेकी राज्य मेघालयमा पनि बाढीको असर परेको छ। त्यहाँ गत साता मात्रै १८ जनाको मृत्यु भएको थियो। विस्थापित भएकाहरुका लागि सरकारले आसाममा झण्डै १२ सय राहत शिविर खोलेको छ। तर बाढीमा डुबिरहेका मानिस पिउने पानीसमेत नपाएर तड्पिरहेको अधिकारीहरुले जनाएका छन्। 

निरन्तरको वर्षा र बाढीका कारण बाढी प्रभावितहरुको उद्धार कार्य कठिनपूर्ण बनेको छ। आसाममा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ। निरन्तरको भारी वर्षाका कारण त्यहाँको ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ। बाढी अझै बढिरहेकाले जोखिम थपिँदै गएको अधिकारीहरुको भनाइ छ।

सम्बन्धित समाचार