२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा आदिवासी नेता मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

sajilo news
एजेन्सी
२०७९ असार ८ गते , बुधबार
भारतमा आदिवासी नेता मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।

भाजपाका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन्।​

मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछन्। आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ।

द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन्। पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन्। उनी मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन्। भारतमा १६ औँ राष्ट्रपतिको निर्वाचन १८ जुलाईमा हुँदैछ। 

सम्बन्धित समाचार