२०८३ बैशाख १४ गते , सोमबार
एमाले झापा अध्यक्ष कार्कीको घर अगाडि शंकास्पद वस्तु
नेकपा (एमाले) झापा अध्यक्ष दीपक कार्की तथा एमाले नेता हिक्मत कार्कीको घर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको छ । नेता कार्कीको झापा गौरादहस्थित घरको ढोका अगाडि शंकास्पद वस्तु भेटिएपछि डिस्पोजका लागि चारआलीबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । उनले पुरानो कुकरमा तार जोडिएको जानकारी दिए । कुकर कसले राखेको हो भन्ने केही नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा दमकका डिएसपी दिलिप गिरीको टोली परिचान भएको छ ।