२०८३ बैशाख १४ गते , सोमबार

नेता कार्कीको घर अगाडि फेला परेको कुकरभित्र विस्फोटक पदार्थ नभएको पुष्टि

sajilo news
झापा
२०७९ असार १० गते , शुक्रबार
नेता कार्कीको घर अगाडि फेला परेको कुकरभित्र विस्फोटक पदार्थ नभएको पुष्टि

झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि फेला परेको कुकरभित्र विस्फोटक पदार्थ नभएको नेपाली सेनाले पुष्टि गरेको छ । झापा गौरादहस्थित नेता कार्कीको घर अगाडि कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर जाँच गर्दा कुकरभित्र विस्फोटक पदार्थ नभएको पुष्टि गरेको हो । 

कुकरको बाहिरबाट भित्रसम्मै विद्युतीय वायरिङ तार जेलिएको थियो । तर, कुकरभित्र विस्फोटक पदार्थ नभएर ढुङ्गा र बालुवा राखिएको भेटिएको जनाइएको छ । 

 अध्यक्ष कार्की संविधानसभा सदस्य समेत हुन् भने उनका सहोदर भाइ दीपक कार्की प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । दाजुभाइ एउटै घरमा बस्छन् । यता शङ्कास्पद वस्तु राखेर आतङ्क मच्चाउने बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार