२०८३ बैशाख १४ गते , सोमबार

झापामा १३ वर्षीया बालिकामाथि यौनदुराचार

sajilo news
झापा
२०७९ असार ११ गते , शनिबार
झापामा १३ वर्षीया बालिकामाथि यौनदुराचार

झापामा १३ वर्षीया बालिकालाई यौनदुराचार गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका(४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार